लुम्बिनी प्रदेश सरकार

सहरी विकास तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाई कार्यालय

तानसेन, पाल्पा

मुख्य कार्यक्षेत्रहरू:

१. जिल्लाभरका खानेपानी आयोजना तथा सरसफाई कार्यक्रमको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा सहयोग पुर्‍याउने।

२. खानेपानी आपूर्ति प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन प्राविधिक सहयोग र अनुगमन गर्ने।

३. स्थानीय तह र उपभोक्ता समितिहरूसँग सहकार्य गर्दै सरसफाई अभियान, हात धुने, फोहोरमैला व्यवस्थापन, शौचालय प्रयोग, तथा स्वास्थ्य सरसफाई सचेतना कार्यक्रम सञ्चालन गर्ने

४. सरकारी नीति, योजना तथा बजेटअनुसार खानेपानी तथा सरसफाईसँग सम्बन्धित गतिविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।

५. विपद् (भूकम्प, बाढीपहिरो आदि) का बेला आपतकालीन खानेपानी तथा सरसफाई सेवाको व्यवस्था गर्ने।

. पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन ।

. स्वच्छ पिउने पानी मुहान संरक्षण र व्यवस्थापन ।