लुम्बिनी प्रदेश सरकार

सहरी विकास तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाई कार्यालय

तानसेन, पाल्पा

                               लुम्बिनी प्रदेश सरकार

                              सहरी विकास तथा खानेपानी मन्त्रालय

                        खानेपानी तथा सरसफाई कार्यालय

                            तानसेन, पाल्पा

                    नागरिक बडापत्र

सि.नं.

उपलब्ध सेवा सुविधाको विरण

 

सेवा लिने वर्ग जनताले पुर्याउनुपर्ने प्रक्रिया/प्रमाण

जिग्मेवार कर्मचारी, शाखा

 

समयावधि

 

सेवा शुल्क लाग्ने दस्तुर

उजुरी सुन्ने कर्मचारी

 

१.

नयाँ खानेपानी आयोजना माग

. सेवा उपभोग गर्ने उपभोक्ताहरुको सामुहिक माग निवेदन

. सम्बन्धित पालिकाको सिफारिस

योजना कार्यान्वयन तथा अनुगमन शाखा

एक आर्थिक बर्ष (मन्त्रालयमा माग गरिने)

निशुल्क

कार्यालय प्रमुख

२.

नयाँ खानेपानी आयोजना निर्माण‌को लागि संभाव्यता अध्ययन/ सर्भेक्षण

१. सम्बन्धित क्षेत्रका उपभोक्ताहरुको भेलाबाट गठन भएको उपभोक्ता समितिको कागजात

. संभाव्यता अध्ययन/ सर्भेक्षणको लागि सम्बन्धित पालिकाको सिफारिस पत्र

 योजना कार्यान्वयन तथा अनुगमन शाखा

 

बजेट विनियोजन भएको आर्थिक  वर्ष भित्र

सेवा निशुल्क ( सर्वेक्षण कार्यको लागि विनियोजित बजेटबाटै नियमानुसार खर्च हुने )

कार्यालय प्रमुख

३.

छनोट भई स्वीकृती प्राप्त आयोजनाहरुको निर्माण र हस्तान्तरण।

१. सम्बन्धित क्षेत्रका खानेपानी उपभोक्ताहरु मध्येबाट ९ जना सम्मको खानेपानी उपभोक्ता तथा सरसफाई समिति गभई स्थानिय पालिकामा दर्ता भएको हुनु पर्ने।

. संस्था दर्ता प्रमाण-पत्र पेश गर्नु पर्ने।

३. सरकारको नीति अनुसार आयोजना कार्यान्वयनमा आवश्यक पर्ने जनसहभागिता गर्नुपर्ने।

४. खानेपानी आयोजना निर्माण र सञ्चालनको लागि आवश्यक पर्ने जग्गा व्यवस्थापन भएको हुनु पर्ने ।  

५. आयोजना निर्माणको लागि स्थानिय स्तरमा कुनै विवाद हुन नहुने

.खानेपानी आयोजना सम्पन्न भएपछि उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने गरी आयोजना हस्तान्तरण गरी लिनुपर्ने।

 

ईन्जिनियर/टेक्निसियन (योजना कार्यान्वयन तथा अनुगमन शाखा)

विनियोजित बजेट र स्वीकृत कार्यक्रमको आधारमा वार्षिक कार्यक्रममा उल्लेख भए बमोजिम।

सेवा निशुल्क तर आयोजनाको निर्माण गर्दा विनियोजित बजेटको आधारमा नियमानुसार खर्च हुने ।

कार्यालय प्रमुख

४.

सम्पन्न खानेपानी आयोजनाहरु पुनः निर्माण मर्मत र सुधार विस्ता

1. योजना पुननिर्माण, मर्मत र सुधार विस्तार गर्न आश्यक छ भन्ने सम्बन्धित पालिकाको सिफारिस सहित उपभोक्ताहरु वा उपभोक्ता समितिको निवेदन

२.आयोजना स्वीकृत भएपछि कार्यान्वयनका लागि सि. नं. ३ को तेश्रो कोलममा उल्ले गरिएका प्रकृया र प्रमाण पुर्याउनु पर्नेछ ।

 

 

 

ईन्जिनियर/टेक्निसियन (योजना कार्यान्वयन तथा अनुगमन शाखा)

विनियोजित बजेट र स्वीकृत कार्यक्रमको आधारमा वार्षिक कार्यक्रममा उल्लेख भए बमोजिम।

सेवा निशुल्क तर आयोजनाको निर्माण गर्दा विनियोजित बजेटको आधारमा नियमानुसार खर्च हुने ।

कार्यालय प्रमुख

५.

आयोजना निर्माण पूर्व तथा निर्माण पश्चात, सरसफाई, खानेपानी गुणस्तर सुधार, मर्मत संभार तथा आयोजना व्यवस्थापन सम्बन्धी तालिमहरु।

यस कार्यालय अन्तर्गत सञ्चालन हुने तथा सम्पन्न भएका सम्बन्धित क्षेत्रका उपभोत्ता समितिहरुले सोही क्षेत्रमा स्थायी रुपमा रहि काम गर्न सक्ने खालका व्यक्ति कार्यालयले तोकेको संख्यामा छनौट गरी तालिममा सहभागी गराउन पर्ने।

 

ईन्जिनियर/टेक्निसियन (योजना कार्यान्वयन तथा अनुगमन शाखा)

योजना निर्माण कार्य शुरु हुने तथा सम्पन्न हुने वर्षमा स्वीकृत वार्षिक कार्यक्रम अनुसार तोकिएको समयमा गरिने ।

 

सेवा निशुल्क तर तालिमहरु आयोजना गर्दा सम्बन्धित आयोजनामा विनियोजित भएको बजेट बाट नियमानुसार खर्च हुने ।

कार्यालय प्रमुख

6.

खानेपानी गुणस्तर  परीक्षण

खानेपानीको नमुना लिई आउने

खानेपानी गुणस्तर परीक्षण तथा प्रयोगशाला शाखा

कार्यालयमा उपलब्ध स्रोत साधनको आधारमा परिक्षण गर्न सकिने परामितिहरुको लागि परिक्षण मापदण्डले तोके बमोजिम आवश्यकता अनुसार

सशुल्कः नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाण्डौले तोके बमोजिम

 

कार्यालय प्रमुख