लुम्बिनी प्रदेश सरकार

सहरी विकास तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाई कार्यालय

तानसेन, पाल्पा

लक्ष्य र उद्देश्य:

१. सबै नागरिकलाई सुरक्षित, परिमाणात्मक र गुणस्तरीय खानेपानी उपलब्ध गराउने।

२. सरसफाईमैत्री वातावरण कायम गर्दै सार्वजनिक स्वास्थ्य स्तरलाई उकास्ने।

३. दिगो विकास लक्ष्य (SDG) अन्तर्गत २०३० सम्म ‘सार्वभौमिक सुरक्षित खानेपानी तथा सरसफाई सेवा सुनिश्चित गर्ने।

यो कार्यालयले जिल्लाभरका खानेपानी आयोजनाहरू सञ्चालन मात्र होइन, स्थानीय तह र उपभोक्ता समितिलाई दिगो व्यवस्थापनतर्फ सक्षम बनाउन तालिम, प्राविधिक सहयोग र समन्वयको जिम्मेवारी पनि निर्वाह गरिरहेको हुन्छ।