कार्यालयको परिचयः
खानेपानी तथा सरसफाई कार्यालय तानसेन पाल्पा, लुम्बिनी प्रदेश सरकार, सहरी विकास तथा खानेपानी मन्त्रालयअन्तर्गतको एक जिल्ला स्तरको सरकारी कार्यालय हो । यस कार्यालयले पाल्पा जिल्लाभरिका स्थानीय तहहरूमा सुरक्षित खानेपानी तथा सरसफाई सेवाको पहुँच विस्तार, व्यवस्थापन, गुणस्तर अभिवृद्धि तथा दिगोपनाका लागि आवश्यक योजना, कार्यक्रम र परियोजना कार्यान्वयन गर्ने कार्य गर्दछ।
मुख्य कार्यक्षेत्रहरू:
१.जिल्लाभरका खानेपानी आयोजना तथा सरसफाई कार्यक्रमको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा सहयोग पुर्याउने।
२. खानेपानी आपूर्ति प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन प्राविधिक सहयोग र अनुगमन गर्ने।
३. स्थानीय तह र उपभोक्ता समितिहरूसँग सहकार्य गर्दै सरसफाई अभियान, हात धुने, फोहोरमैला व्यवस्थापन, शौचालय प्रयोग, तथा स्वास्थ्य सरसफाई सचेतना कार्यक्रम सञ्चालन गर्ने
४. सरकारी नीति, योजना तथा बजेटअनुसार खानेपानी तथा सरसफाईसँग सम्बन्धित गतिविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
५. विपद् (भूकम्प, बाढीपहिरो आदि) का बेला आपतकालीन खानेपानी तथा सरसफाई सेवाको व्यवस्था गर्ने।
लक्ष्य र उद्देश्य:
१. सबै नागरिकलाई सुरक्षित, परिमाणात्मक र गुणस्तरीय खानेपानी उपलब्ध गराउने।
२. सरसफाईमैत्री वातावरण कायम गर्दै सार्वजनिक स्वास्थ्य स्तरलाई उकास्ने।
३. दिगो विकास लक्ष्य (SDG) अन्तर्गत २०३० सम्म ‘सार्वभौमिक सुरक्षित खानेपानी तथा सरसफाई सेवा’ सुनिश्चित गर्ने।
यो कार्यालयले जिल्लाभरका खानेपानी आयोजनाहरू सञ्चालन मात्र होइन, स्थानीय तह र उपभोक्ता समितिलाई दिगो व्यवस्थापनतर्फ सक्षम बनाउन तालिम, प्राविधिक सहयोग र समन्वयको जिम्मेवारी पनि निर्वाह गरिरहेको हुन्छ।